कोरोना भाइरसविरुद्धको खोप तयार भएको रुसी राष्ट्रपति पुटिनको दाबी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोना भाइरसविरुद्धको खोप तयार भएको रुसी राष्ट्रपति पुटिनको दाबी


प्रशासन संवाददाता

२७ श्रावण २०७७, मंगलबार


काठमाडौँ । रुसले कोरोना भाइरस विरुद्धको विश्वकै पहिलो खोप तयार पारेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मङ्गलवार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका हुन् ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरूलाई जानकारी दिएका थिए । बिबिसीका अनुसार पुटिनले यो भ्याक्सिन उनकै छोरीमा समेत प्रयोग गरिएको जानकारी दिएको छ ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको दाबी गरेका छन् । उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड–१९ का मृत तत्त्व रहेको र यिनीहरू वृद्धि हुन नसक्ने गामालिया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

तर, विज्ञहरूले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस