सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण


ममता भट्ट

२७ श्रावण २०७७, मंगलबार


डडेल्धुरा । सुदूरपश्चिममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १ सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

सूचना अधिकारी श्रेष्ठका अनुसार कोरोना संक्रमित भेटिनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ३ पुरुष, दार्चुलाकै मार्मा गाउँपालिकाका २ पुरुष, कञ्चनपुरको बेलौरी नगरपालिकाका २ पुरुष र कञ्चनपुरकै बेल्डाडी गाउँपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको हो।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–७ र वडा नम्बर ३ का १/१ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ५१ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस