टेकु र लगनटोल क्षेत्रमा अत्यावश्यक बाहेकका पसल बन्द हुने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टेकु र लगनटोल क्षेत्रमा अत्यावश्यक बाहेकका पसल बन्द हुने


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवाका पसल मात्रै खोल्न पाइने भएको छ।

कोरोना भाइरस संक्रमित संख्या बढेसँगै महानगरले ती वडामा अत्यावश्यक पसल मात्रै खोल्न सूचना जारी गरेको हो। त्रिपुरेश्वरदेखि टेकुसम्मको क्षेत्र वडा नम्वर १२ मा पर्छ भने लगनटोल २१ मा पर्छ।

कोरोना संक्रमण भयावह हुन नदिन सोमबार बसेको बैठकले वडा नम्बर १२ र २१ मा औषधि, खाद्यान्न र पानी पसलबाहेकका अरू पसल खोल्न नपाइने भएको हो।

त्यस्तै खाद्यान्न पसल भने बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ।

खाद्यान्न पसल बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्रै खोल्न पाइनेछ। मदिरा पसल, तयारी पोशाक, जुत्ता पसल र कलकारखाना खोल्न नपाइने महानगरले जानकारी दिएको छ।

यसअघि काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोना भाइरस संक्रमित बढेपछि उक्त टोल सिल गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस