आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे नयाँ निर्णयदेखि केही सचिवको सरुवा हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आज मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनबारे नयाँ निर्णयदेखि केही सचिवको सरुवा हुँदै


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) बस्दै छ । सोमबार बेलुका ५ बजेलाई बैठक बोलाएको एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।

आजको बैठक नियमित भए पनि कोभिड–१९ सम्बन्धी महत्त्वपूर्ण निर्णय हुनसक्ने र प्रशासनिक नेतृत्वको हेरफेरसमेत हुने ती मन्त्रीको भनाइ छ ।

बालुवाटार स्रोतकारअनुसार आजको बैठकले यसअघिका निर्णय कार्यान्वयनका सवालमा केही संशोधन हुन सक्ने छ । यसअघि सरकारले भदौ १ गतेबाट हवाई उडान र लामो तथा छोटो दुरीका सार्वजनिक यातायात खोल्ने निर्णय गरेको थियो । तर,पछिल्लो पटक कोरोना भाइरस सङ्क्रमण बढ्न पुगेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले उक्त निर्णय कार्यान्वयनका लागि १५ दिन पछि सार्न सुझाव दिइसकेको छ ।

सिंहदरबार स्रोतका अनुसार केही सचिवको समेत सरुवा हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस