धनुषामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनुषामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


जनकपुर । धनुषामा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ । रुघाखोकी र टाउको दुख्ने जस्ता लक्षण देखिएर आइतबार मृत्यु भएका एक पुरुषमा आज कोरोना संक्रमण पुष्टि भएको हो ।

ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । मृतक धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५-निबासी हुन् ।

जनकपुरस्थित विनयतारा फाउण्डेशनमा सेक्युरिटी गार्डको रुपमा विगत ५ महिनादेखि काम गर्दै आएका ती पुरुषमा करिब ५ दिनदेखि रुखाखोकी र टाउको दुख्ने लगायतको समस्या देखिएको मिथिला विहारी नगरपालिका वडा नम्बर-५ का वडाध्यक्ष विनोद मण्डलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस