दाङमा आंशिक प्राध्यापकहरूले किन जलाए क्याम्पस प्रमुखको कुर्सी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दाङमा आंशिक प्राध्यापकहरूले किन जलाए क्याम्पस प्रमुखको कुर्सी


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । महेन्द्र बहुमुखी क्याम्पस दाङका क्याम्पस प्रमुखको कुर्सी आंशिक प्राध्यापकहरुले जलाएका छन् ।

क्याम्पस प्रमुख दीपाकर शर्माको कार्यकक्षमा रहेको कुर्सी, दुइवटा टेबल, विद्युतीय हाजिर मेसिन र क्याम्पस प्रमुखको नेमप्लेटसमेत प्राध्यापकहरुले जलाएका हुन् ।

आइतबार प्राध्यापकहरुले क्याम्पस प्रमुख शर्मालाई कार्यकक्षबाट बाहिर निकालेर कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए ।

प्राध्यापकहरुले समान कामको लागि समान ज्याला पाउनुपर्ने र बौद्धिक शोषण अन्त्य गर्नुपर्ने माग राख्दै प्लेकार्डसहित नाराबाजीसमेत गरेका थिए ।

यस्तै लामो समयदेखि आंशिकरुपमा प्राध्यापन गरिरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आन्दोलन गरेका छन् । प्राध्यापकहरुको माग सुनुवाइ नहुँदा आन्दोलन गर्नुपरेको संघका अध्यक्ष बालकृष्ण डाँगीले जानकारी दिएका छन् ।

संघले माग पुरा नभए क्याम्पसको लेखाशाखामा पनि ताला लगाउने जनाएको छ । दाङको महेन्द्र बहुमुखि क्याम्पसमा मात्रै ४२ जना आंशिक प्राध्यापक कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस