मेट्रो कन्ट्रोलका तीन प्रहरीमा कोरोना सङ्क्रमण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेट्रो कन्ट्रोलका तीन प्रहरीमा कोरोना सङ्क्रमण


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको मेट्रो कन्ट्रोलमा कार्यरत तीन प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

फोन गर्दा पैसा नलाग्ने प्रहरीको १०० नम्बरमा कार्यरत तीन प्रहरी जवानमा कोरोना पुष्टि भएको प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

मेट्रो कन्ट्रोलमा १ सय जना प्रहरी कार्यरत रहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । उक्त मेट्रो कन्ट्रोलमा २४ घण्टा नै प्रहरी परिचालन भएका हुन्छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस