कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकमा उच्च रक्तचाप र थाइराइडको समस्या « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकमा उच्च रक्तचाप र थाइराइडको समस्या


प्रशासन संवाददाता

२६ श्रावण २०७७, सोमबार


काठमाडौं । कोरोना संक्रमण बाट थप एक जनको मृत्यु भएको छ ।

शनिवार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा ४५ वर्षीया एक महिलाको मृत्यु भएको हो । वीरगञ्ज महानगरपालिका–१५ भडियाही बस्ने ती महिलाको मृत्यु भइसकेपछि आइतबार कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

गम्भीर बिरामी भइ अस्पताल भर्ना गरिएकी महिलामा उच्च रक्तचाप र थाइराइडको समस्या रहको अस्पताल स्रोतले जानकारी दिएको छ । वीरगञ्जमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

नेपालमा आइतबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको स्वाास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस