कोरोनाका कारण थप एक जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोनाका कारण थप एक जनाको मृत्यु


प्रशासन संवाददाता

२५ श्रावण २०७७, आइतबार


काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरामा उपचाररत ६२ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति साढे ११ बजे मृत्यु भएको हो ।

पोखरा महानगरपालिका –१९ वस्ने ती पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भइ उपचार गराइरहेका थिए ।

उनी साउन १७ गते स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनी डायबिटिजका पनि बिरामी रहेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

यस अघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस