२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती प्रादेशिक अस्पतालमा प्रयोगशाला सञ्चालन

अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको ‘कोभिड–१९ ‘डेडिकेटेड’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा अर्को प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

आज पहिलो दिन उक्त नयाँ प्रयोगशालाबाट शङ्कास्पद २९४ नमूना जाँच गरिएकामा तीन नमूना कोरोना पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। विगतदेखि नै अस्पतालमा सञ्चालनमा रहेको अर्को प्रयोगशालामा आज गरिएको नमूना परीक्षणमा थप १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । ‘आवश्यक जनशक्तिको व्यवस्थापन भएमा दुवै प्रयोगशालाले अब दैनिक एक हजार नमूना जाँच्न सक्ने देखिन्छ’, श्रेष्ठले भने, ‘यसका लागि जनशक्ति व्यवस्थापनको काम भइरहेको छ ।’

प्रदेश सरकारले गएको चैत महिनामा सेती प्रादेशिक अस्पताल धनगढी, डोटी अस्पताल र बैतडी अस्पतालमा एक/एक प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो । सेती प्रादेशिक अस्पतालमा प्रयोगशाला सञ्चालनमा आए पनि डोटी र बैतडी जिल्लामा भने अझै सञ्चालनमा आउन सकेको छैन ।

डोटी र बैतडीमा प्रयोगशाला सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार जुटाउने काम भइरहेको जनाइएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले पिसिआर मेसिनलगायतका स्वास्थ्यसम्बन्धी उपकरणको व्यवस्थापन भइसकेकामा मेसिन राख्न चाहिने भौतिक पूर्वाधार जुटाउने काम अन्तिम चरणमा पुगेको बताए ।

आगामी चार/पाँच दिनमा डोटी र बैतडीमा समेत पूर्वाधारको काम पूरा भई पिसिआर मेसिन सञ्चालनमा ल्याइसक्ने डा.अवस्थीले बताए । प्रदेशमा पछिल्ला दिनमा भारतबाट फर्किनेलाई क्वारेन्टाइनमा नराखी सिधै घर पठाउने कार्य भइरहँदा कोरोना समुदायस्तरमा फैलिने जोखिम बढेको छ ।

‘सीमाबाट भित्रिनेलाई क्वारेन्टाइनमा राख्ने जिम्मेवारी गृह प्रशासन र सम्बन्धित स्थानीय तहको हो’, अवस्थीले भने, ‘सीमाबाट भित्रिनेलाई पाँचदेखि सात दिन क्वारेन्टाइनमा राख्नुपर्ने भए पनि त्यसो नभइरहँदा जोखिम थप बढेको छ ।’ सुदूरपश्चिम प्रदेशमा बिहीबारसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चार हजार ७३७ जना पुगेको छ । प्रदेशमा हालसम्म नौ जनाको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेशको राजधानी जिल्ला कैलालीमा एक हजार ३१६ जना सङ्क्रमित पुगेका छन् । यस्तै डोटीमा ७३०, अछाममा ७१७, बाजुरामा ४५१, कञ्चनपुरमा ५८२, बैतडीमा ३१९, बझाङमा २८३, डडेलधुरामा ३०१ र दार्चुलामा ३८ जना सङ्क्रमित पुगेका छन् । प्रदेशमा अहिलेसम्म पिसिआर विधिबाट ३८ हजार १४ जनाको नमूना जाँच भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस