कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो


प्रशासन संवाददाता

२१ श्रावण २०७७, बुधबार


काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । २४ घन्टामा पर्सामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ६० पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पर्सा जिल्ला पोखरिया नगरपालिका ९ की १८ वर्षीया एक किशोरीको मृत्यु भएको हो ।

उनलाई साउन १९ गते झाडापखालाले सिकिस्त भइ नेशलल मेडिकल कलेज वीरगन्ज लाने क्रममा मृत्यु भएको थियो । स्वाब संकलन गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनको साउन २० गते कोरोना पुष्टि भएको हो ।

त्यसैगरी अर्का मृतकमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका बस्ने ४६ वर्षीय एक पुरुषको साउन २१ गते बुधबार कोरोना संक्रमणको कारण मृत्यु भएको छ । उनी केही वर्षदेखि मधुमेह रोगबाट पीडित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस