कर्मचारीसहित ८ जनामा कोरोना पुष्टि, इटहरी उपमहानगर पाँच दिन बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीसहित ८ जनामा कोरोना पुष्टि, इटहरी उपमहानगर पाँच दिन बन्द


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


काठमाडौँ । कर्मचारीसहित ८ जनामा कोरोना पुष्टि भएसँगै इटहरी उपमहानगरपालिका पाँच दिन पूर्ण बन्द गर्ने निर्णय भएको छ ।

मङ्गलवार बसेको उपमहानगरपालिका स्तरीय कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक एवम् उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीको अध्यक्षतामा बसेको बैठकले इटहरी उपमहानगर क्षेत्रमा भोलि २१ गते बिहान ७ बजेदेखि २५ गते राति १२ बजेसम्म ५ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगर क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय गरिए पनि अत्यावश्यकीय सेवा भने अवरुद्ध हुने छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस