ट्रकको ठक्करबाट बालिकाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ट्रकको ठक्करबाट बालिकाको मृत्यु


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


बालक

चितवन । माडी नगरपालिका–९ वगईमा आज दिउँसो ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी छ वर्षीया छोरी खुसुबु रहेकी छन् ।

ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना ५ ख ६७७९ नम्बरको ट्रकले खुसुबुलाई ठक्कर दिएको थियो । ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस