२ लाख घुससहित प्रमुख अनुसन्धान अधिकृत पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

२ लाख घुससहित प्रमुख अनुसन्धान अधिकृत पक्राउ


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


घुस

रुपन्देही । राजस्व अनुसन्धान कार्यालय, बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएको छ ।

बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत रु दुई लाख लेनदेन गर्दै गरेको अभियोगमा प्रमुख रानालाई आयोग बुटवलको टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्म कुमार भुसालले जानकारी दिए ।

रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस