सुनको मूल्य लाख नजिक पुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य लाख नजिक पुग्यो


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


काठमाडौं ।सुनको मूल्य मंगलबार एक लाखको नजिक पुगेको छ । तोलामा ९९ हजार ८०० पुग्दै नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो ।

यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस