पर्सामा स्वास्थ्यकर्मीसहित थप ४३ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पर्सामा स्वास्थ्यकर्मीसहित थप ४३ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

२० श्रावण २०७७, मंगलबार


काठमाडौं । पर्सामा स्वास्थ्यकर्मीसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित हुनेमा ६ जना महिला पनि रहेका छन् । संक्रमित १४ देखि ५६ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा नेपाली सेना, स्वास्थ्यकर्मी, पत्रकार लगायत रहेका छन् ।

सबैभन्दा बढी वीगञ्ज महानगरपालिकाका छन् । २३ जना वीरगञ्ज, ३ जना नेपाली लसेना ३ जना पोखरिया नगरपालिकाका, १ जा जिराभवानी गाउँपालिकाका, २ जना बाराका तथा १/१ जना सुर्खेत र सर्लाहीका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस