अबेर स्वास्थ्य संस्था पुर्‍याउदा सुत्केरीको ज्यान गयो « प्रशासन
prasaLogo
२० श्रावण २०७७, मंगलवार

अबेर स्वास्थ्य संस्था पुर्‍याउदा सुत्केरीको ज्यान गयो


प्रकाशित मिति : 4 August, 2020 8:12 am

जाजरकोट । कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको ६ घण्टापछि मृत्यु भएको छ ।

सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । शारीरिक अवस्था कमजोर र शरीरमा रगतको कमी भएका कारण उनको मृत्यु भएको श्रीमान् अमृत पुनले बताए। उनका अनुसार नवजात शिशुको अवस्था भने सामान्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस