नारायणस्थानद्वारा रेसिडेन्सका लागि बुकिङ खुला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नारायणस्थानद्वारा रेसिडेन्सका लागि बुकिङ खुला


२० श्रावण २०७७, मंगलबार


काठमाडौँ । नारायण स्थान रेसिडेन्सले रेसिडेन्सका लागि बुकिङ खुला गरेको छ। पञ्चकन्या मार्ग बुढानीलकण्ठमा रहेको रेसिडेन्सले आजबाट बुकिङ खुला गरेको हो।

पहिलो चरणमा ८ ओटा घरको बुकिङ खोलिएको छ । ४ आना १ पैसामा बनेका साढे दुई तल्ले घरलाई बुकिङ गर्न सकिने छ।

दोस्रो चरणमा ५ ओटा घरका लागि बुकिङ खोलिने छ। रेसिडेन्स ९० आना जग्गामा निर्माण हुनेछन्।

अग्रिम बुकिङ गरी घर खरिद गर्न सकिने रेसिडेन्सका सञ्चालक धिरज श्रेष्ठले बताए।

पहिलो ग्राहकलाई दश लाख रुपैयाँ छुट प्रदान गरिनेसमेत उनको भनाई छ । तर, त्यसका लागि १५ दिनभित्र घर बुकिङ गरिसक्नुपर्ने छ।

घरहरूको डिजाइन तथा निर्माण पाइला कन्स्ट्रक्सनले गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस