अत्यावश्यक बाहेक संसदीय समितिका बैठक नराख्न कर्मचारी युनियनको माग « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अत्यावश्यक बाहेक संसदीय समितिका बैठक नराख्न कर्मचारी युनियनको माग


१९ श्रावण २०७७, सोमबार


संसद् सेवा

काठमाडौँ । संघीय संसद् सचिवालय कर्मचारी युनियनले अत्यावश्यक बाहेक संसदीय समितिका बैठक नराख्न माग गरेको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा देखिएको कोरोना भाइरसको सङ्क्रमणलाई ख्याल गरेर यस्तो आग्रह गरिएको युनियनले सोमबार जारी गरेको अपिलमा उल्लेख छ ।

संघीय संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति, संसद्का पदाधिकारी र र संसद्का महासचिवलाई सम्बोधन गरिएको पत्रमा समितिका बैठक, संसदीय दलका बैठकहरू र त्यसमा संलग्न व्यक्तिहरू कोरोना भाइरसको उच्च जोखिममा रहेको उल्लेख गरिएको छ ।

‘संघीय संसद्को दुवै सभा अन्तर्गतका संसदीय समितिका बैठक, संसदीय दलका बैठक र संसदीय समितिको स्थलगत अनुगमन जस्ता कार्यमा सरिक हुने मानीयहरु र सचिवालयका कार्यरत कर्मचारीहरू यति बेला कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेका छन्’ पत्रमा उल्लेख छ ।

युनियनले सचिवालयमा कार्यरत कर्मचारीलाई आवश्यकताबाहेक शाखाबाट बाहिर ननिस्कनसमेत आग्रह गरेको छ । साथै शाखाबाट प्रदान गरिने सेवाहरूसमेत उचित सावधानीका साथ उपलब्ध गराउन भनेको छ ।

केही दिन यता उपत्यकामा सङ्क्रमण दर बढी रहेको र संसदमै आवतजावत गरिरहने व्यक्तिहरूमा सङ्क्रमण देखिएका कारण पनि अत्यावश्यक बाहेक संसदीय समितिका बैठक नराख्न माग राखिएको कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्यालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस