२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलु उत्पादनमा पचास प्रतिशत ह्रास

अ+ अ-

रसुवा । पकेट क्षेत्रका अवधारणानुरूप एक दशकअघिदेखि गतलाङमा रोपिएको आलु उत्पादनमा कमी आउन थालेको छ ।

प्रमुख बालीका रूपमा गरिँदै आएको आलुखेती विगतका तुलनामा यस वर्ष ५० प्रतिशतको हाराहारीमा उत्पादन घटेपछि किसानमा चिन्ता छाएको छ । पार्वती कुण्डको काखमा अवस्थित आमाछोदिङ्मो गाउँपालिका वडा नं ३ गतलाङ क्षेत्रमा बसोबास गर्ने अधिकांश किसानले आलुखेती गर्ने गरेका छन् ।

उत्पादित आलु बिक्रीबाट प्राप्त आम्दानीले चामल, नुन र तेल खरीद गर्ने चलन छ । उत्पादन घटेपछि खाद्य सामग्री जुटाउन धौधौ पर्ने अवस्था आउन थालेको स्थानीय समाजसेवी मारलामा तामाङले बताए। विगतमा वार्षिक रु चारपाँच करोडको आलु उत्पादन हुने गतलाङमा यस वर्ष रु दुई करोड आम्दानी हुन मुश्किल देखिएको बताउँदै समाजसेवी तामाङले अबका दिनमा परम्परागतभन्दा आधुनिकतातर्फ जान कृषि प्राविधिकको खाँचो रहेको उनको भनाइ छ ।

गतलाङ क्षेत्रमा अहिले दुई सयभन्दा बढी किसान आलुखेतीतर्फ लागेको बताइएको छ । मकै–कोदोभन्दा आलुको उत्पादन राम्रो हुने र आय वृद्विमा समेत थप टेवा पुग्ने भएका कारण किसानको चाहनानुरूप तत्कालीन कृषि कार्यालयले गतलाङका भूभागलाई आलुको पकेट क्षेत्र निर्धारण गरे पनि हाल कृषि प्राविधिकको उपस्थिति शून्य हुँदा रोपण गर्ने नयाँ तौरतरिका जान्न समस्या परेको किसानले गुनासा गरेका छन् ।

स्थानीय जातका गाई, भेंडा र बाख्राका मलबाट उत्पादित प्राङ्गारिक गतलाङे आलु प्रतिकेजी रु ३६ किसानले पाउने तय भएको बताइएको छ । वर्षे आलु गतलाङका अलावा गोल्जुङ, चिलिमे सिम्बु, तातोपानी, थुमन, बृद्धिम, भार्खु, ठूलोस्याफ्रु, हाकु, राम्चे र यार्सा क्षेत्रका किसानले समेत उत्पादन गर्ने गरेका छन् ।

हिउँदमा आलु रोपण गरेपछि प्रायःजसो समय भारी वर्षा भइँरहदा न्यून रूपमा फलेका फल कुहिने भएकाले किसानले आलु खन्ने कामसमेत शुरु गरिसकेको स्थानीय बासिन्दाले बताएका छन् । हिमाली चिसो पानीमा उत्पादित आलु स्वादिलो हुने गरेकाले छिमेकी जिल्ला नुवाकोटका अलावा काठमाडौँ र धादिङसम्म निकासी हुने गरेको गतलाङका बुद्धिजीवी पेम्बा तामाङले जानकारी दिनुभयो । गतलाङमा वार्षिक करीब १० हजार टन आलु उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस