२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९२ लाख लागतमा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण

अ+ अ-

भरतपुर । चितवनको राप्ती नगरपालिकाको भण्डारामा कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माण गरिएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान सहयोगमा जनजागृत हरियाली ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था लिमिटेडले च्याम्बर निर्माण गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले आइतबार च्याम्बरको शुभारम्भ गर्दै कोरोनाको कहरका बीच पनि समयमै काम सम्पन्न भएकोमा सरोकारवालालाई धन्यवाद दिए । राप्ती नगरपालिकामा उत्पादन हुने कृषि सामग्रीको भण्डारण र बजारीकरणका लागि सेड घर र कोल्ड च्याम्बरले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

च्याम्बर ९२ लाखको लागतमा निर्माण गरिएको हो । सो रकम सबै प्रदेश सरकारले अनुदान दिएको छ । सहकारीमार्फत राप्ती र खैहरनी नगरपालिकाका वडा नम्बर १० र ११ का किसान लाभान्वित हुनेछन् । विसं २०५७ मा स्थापना भएको सहकारीमा ११ सय शेयर सदस्य छन् भने पाँच हजार किसानले कारोवार गर्दै आएका छन् । ‘कृषि बजार सेड घर र कोल्ड च्याम्बर निर्माणपछि किसानको डोको डालो र बोरामा ल्याएको तरकारी घाम पानीबाट जोगिने भयो, सहकारी संस्थाका अध्यक्ष धर्मराज कँडेलले भने’, ‘बाँकी रहेको तरकारी कोल्ड च्याम्बरमा राख्न सकिने भयो .’ उनले कोल्ड च्याम्बरमा १० टनसम्म तरकारी राख्न मिल्ने जानकारीदिए ।

तरकारी बिक्री नभएको अवस्थामा कुहिएर फाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सहकारीले एक वर्षमा आठदेखि १० करोडको तरकारी निर्यात गर्ने गरेको छ । यहाँ उत्पादन भएको तरकारी काठमाडौँ , पोखरा, बुटवललगायतका शहरमा बिक्री हुने गरेको छ ।

कार्यक्रममा राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले कृषि क्षेत्रको प्रवद्र्धनमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस