२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मृदुङ्गा झरनामा आन्तरिक पर्यटकको घुइँचो

अ+ अ-

पाँचथर । नजिकै सडक पुगेपछि पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको मृदुङ्गा झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पहुँच मार्ग र तमोर करिडोर सडक झरना नजिकै पुगेपछि यहाँ आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो । यो झरना हिलिहाङ गाउँपालिका वडा नं ३ र ४ को सिमानामा रहेको छ ।

ठूलाठूला चट्टानका बीचबाट झरेको झरना निकै आकर्षक र सुन्दर देखिनाले यहाँ पर्यटकको भीड लाग्न थालेको हो । मेची राजमार्गबाट हिलिहाङ–१ भालुचोक र फेदापाबाट करिब एक घण्टा यात्रा गरेपछि यो झरनासम्म पुग्न सकिन्छ । सबै प्रकारका सवारीका साधन यहाँसम्म पुग्नसक्ने भएकाले आन्तरिक पर्यटकको चाप दिनानुदिन बढिरहेको स्थानीय व्यवसायी सुरेश चापागाईले बताए ।

चापागाईका अनुसार सडक पुगेपछि झरनामा तस्बिर लिने र सामाजिक सञ्जालमा हाल्ने क्रमले यो झरना प्रचारमा आएको हो । ‘बाटोकै कारणले ओझेलमा रहेको झरना पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ’, चापागाईले भने, ‘यहाँ पाँचथरलगायत विभिन्न छिमेकी जिल्लाबाट आएका मानिसको दैनिकरुपमा भीडभाड हुने गरेको छ ।’ सडकले विकास र समृद्धिका अन्य आयामसमेत खोल्दछ भन्ने बलियो उदाहरण बनेको छ यो झरना । यहाँ अहिले दैनिक २५० जनाभन्दा बढी पर्यटक आउने गरेको व्यवसायी चापागाईको भनाइ छ । झरनाको २०० मिटर नजिकबाट तमोर करिडोर सडक विस्तार भएको छ ।

हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद सिगुका अनुसार झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन चालू आव २०७७/७८ मा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्न लागिएको छ । प्रतिवेदनका आधारमा यस झरनालाई प्राकृतिकरुपमै सुन्दर बनाउने प्रयास गरिने उनको भनाइ छ । सडक छेउ सवारी पार्किङ स्थल, सिँढी मार्ग, स्वीमिङ पुललगायत संरचना आवश्यक भएकाले ती संरचना निर्माणका कार्यसमेत थालिने वडाध्यक्ष सिगुले बताए ।

यहाँ घुम्न पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ मृदुङ्गा झरना पर्यटकीय सम्भावनाको दृष्टिले महत्वपूर्ण भए पनि पूर्वाधारका दृष्टिले शून्य अवस्थामा रहेकाले द्रूत गतिमा पूर्वाधार निर्माण आवश्यक रहेको बताउछन् । ‘यहाँ पर्यटकको भीड नै लाग्ने गरेको देखियो । पर्यटन प्रवर्द्धनबाट यहाँ ठूलो लाभ पनि लिन सकिने रहेछ’, नेम्वाङले भने, ‘यसका लागि स्थानीय तह र प्रदेश सरकारले लगानी गर्नुपर्छ ।’

झरना निकै सुन्दर र आकर्षक रहेको तथा तमोर करिडोर सडक सञ्चालनमा आउन लागेकाले यहाँबाट स्थानीय तहले ठूलो आम्दानी लिन सक्ने नेम्वाङको भनाइ छ । ‘पूर्वाधार निर्माण र व्यवस्थित प्रचार गर्न सके यहाँबाट सरकारले ठूलो आर्थिक लाभ लिन सक्दछ’, नेम्वाङले भने ।

फिदिम र ताप्लेजुङबाट यहाँ पुग्न लामो समय नलाग्ने हुनाले स्थानीय पर्यटकको चाप बढ्दै गएको हो । स्थानीयवासी एवं व्यवसायी चापागाईका अनुसार यहाँ हिउँदमा पानी कम हुने गर्छ । सुभाङ खोला झरना नजिकै रहेकाले त्यहाँका पानीलाई झरनाबाट झार्ने प्रयास गरिनुपर्ने उनको भनाइ छ ।

यस्तै झरनाभन्दा माथि रहेको मन्दिरको जीर्णोद्वार गरिनुपर्ने, आवश्यक अन्य पूर्वाधार निर्माण गरी सरकारी आम्दानीको स्रोत बनाइनु पर्ने स्थानीयवासी खगेन्द्र योङहाङको माग छ । हिलिहाङ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उक्त झरनालाई पर्यटकीय केन्द्र तथा मनोरञ्जन स्थलमा परिणत गर्न गुरुयोजना निर्माण गर्ने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस