२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाका उपरथी ईश्वर हमालले सम्हाले फोर्स कमान्डरको कार्यभार

अ+ अ-

काठमाडौं । नेपाली सेनाका उपरथी ईश्वर हमालले मध्यपूर्वस्थित गोलानहाइटमा रहेको संयुक्त राष्ट्रसंघीय मिसनको हेड अफ मिसन र फोर्स कमान्डरको कार्यभार सम्हालेका छन् ।

श्रावण १२ गते एक विशेष समारोहकाबीच उनले उक्त मिशनका एक्सिङ हेड अफ मिसन अमेडदो मिसेल्लीसँग कार्यभार बुझेका हुन् । उक्त कमाण्ड बुझबुझारथ कार्यक्रममा शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मान गारत अर्पण गरेको थियो ।

उक्त औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उपरथी हमालले मिशनका लक्ष्यहरु हासिल गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सबैको सहयोगको अपेक्षा रहेको बताए ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुट्टेरेसद्धारा उपरथी हमाललाई ०७६ फाल्गुण १२ गते उक्त पदमा नियुक्त गरेका हुन् । हाल आर्मी कमान्ड तथा स्टाफ कलेज कमान्डान्टका रूपमा कार्यरत रहेका हमाल नेपाली सेनाका अब्बल अधिकृतका रूपमा चिनिन्छन् ।

सन् १९८५ बाट नेपाली सेनामा प्रवेश गरेका हमालले नेपाली सेनाद्वारा प्रदान गर्ने सबै तालिममा उत्कृष्टता हासिल गरेका छन् । गुल्म, गण, वाहिनी र पृतनाको नेतृत्व गरिसकेका हमाल नेसनल डिफेन्स युनिभर्सिटी अमेरिकाबाट वार कलेज र प्रतिआतंकवादसम्बन्धी फेलोसिपसमेत प्राप्त गरेका थिए ।

उपरथी हमालले लेबनान, युगोलास्भिया, आइभरिकोेस्टमा राष्ट्रसंघको प्रतिनिधिका रूपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस