थप २ सय २४ जनामा कोरोना संक्रमण, १ सय ५१ जना डिस्चार्ज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थप २ सय २४ जनामा कोरोना संक्रमण, १ सय ५१ जना डिस्चार्ज


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ५१ जना निको भइ घर फर्किएका छन् । योसँगै हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन् ।

हाल देशभर ५ हजार ३ सय १६ संक्रमित छन् । ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस