विराटनगरमा फेरि १४ दिन लकडाउन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विराटनगरमा फेरि १४ दिन लकडाउन


१६ श्रावण २०७७, शुक्रबार


विराटनगर । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

लकडाउन शुक्रबार राति १२ बजेदेखि हुनेछ ।

विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ। शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै विराटनगरमा संक्रमितको संख्या १ सय ७ पुगेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस