घुमुवा प्रहरीको कोठाबाट थप एक केजी सुनजस्तो देखिने धातु बरामद « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घुमुवा प्रहरीको कोठाबाट थप एक केजी सुनजस्तो देखिने धातु बरामद


१६ श्रावण २०७७, शुक्रबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । काठमाडौँबाट थप एक किलो सुनजस्तो देखिने धातु बरामद भएको छ।

बागबजारस्थित उमेश श्रेष्ठको घरबाट थप एक किलो सुनजस्तो देखिने धातु बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उमेश श्रेष्ठका आफन्त प्रसन्न श्रेष्ठको कोठाबाट सो परिमाणमा धातु भेटिएको हो। प्रसन्न श्रेष्ठ महानगरीय प्रहरी वृत्त, दरबारमार्गका घुमुवा प्रहरी हुन्।

गत मङ्गलवार साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरेको घटनामा प्रहरीले अनुसन्धान गर्नेक्रममा प्रसन्न श्रेष्ठको कोठामा छापामा मार्दा एक किलो धातु बरामद गरेको हो।

उक्त धातु सुन हो वा होइन भन्ने पुष्टि भइसकेको छैन। प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस