प्रहरी हेडक्वार्टरमा थप २८ प्रहरीमा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७२ पुग्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरी हेडक्वार्टरमा थप २८ प्रहरीमा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७२ पुग्यो


१६ श्रावण २०७७, शुक्रबार


काठमाडौं । प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) नक्सालमा कार्यरत थप २८ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमित प्रहरीको संख्या ७२ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आजसम्म संक्रमितको संख्या ७२ पुगेको हो ।

जसमा सई एक, असई तीन, हवल्दार १७, प्रहरी जवान ४९ र कार्यालय सहयोगी दुईजना छन् । अधिकांश संक्रमित सवारी शाखाका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस