२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेता पौडेल समूहद्वारा पार्टी विधान पालनाबारे सभापति देउवाको ध्यानाकर्षण

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विधानको पालना, १४औँ महाधिवेशनको सफलता र आन्तरिक लोकतन्त्रको प्रवर्द्धनबारे सभापति देउवाको ध्यानाकर्षण गराएको छ ।

पौडेल समूहका नेताहरुले आज सभापति देउवालाई पार्टीका निकायको समायोजन, क्रियाशील सदस्यता वितरण, विधानविपरीत विभागको गठन, भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधिलगायत विषयमा लिखित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझाएपछि पार्टी केन्द्रीय कार्यालयमै आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सभापति देउवाबाट सन्तोष हुनसक्ने जवाफ नपाएको बताउँदै विधान पालना र १४औँ महाधिवेशनको निश्पक्षताका लागि थप दबाब सिर्जना गर्दै जाने उल्लेख गरे। उनले भने, ‘पार्टीका निकायको समायोजन, क्रियाशील सदस्यता वितरण, विधानविपरीत विभागको गठन, भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधि सञ्चालनबाट पार्टीका बहुसङ्ख्यक साथीहरु झैँ हामीलाई पनि आगामी महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेछ भन्ने विश्वास गर्ने आधार हराउँदै गएको अनुभूति भएको छ ।’

यस्तो अविश्वासको वातावरण समाप्त गरी पार्टीलाई सम्पूर्णरुपमा एकताबद्ध गर्दै आवश्यक परामर्श गरी विधिपूर्वक बाटोबाट आगामी महाधिवेशन सम्पन्न गर्ने अहिलेको आफ्नो प्रमुख कर्तव्यप्रति सभापति देउवाको ध्यानाकर्षण गराएको नेता पौडेलले बताए । तेह्रौँ महाधिवेशनमा केन्द्रीय सदस्य नरहरि आचार्य संयोजकत्वको समितिले सो महाधिवेशन सम्पन्न भएपछि प्रक्रिया पु¥याइदिने भनेर राखिएका क्रियाशील सदस्यता समावेश गर्नेबारेमा प्रश्न गर्दै नेता पौडेल समूहले पार्टीले शुल्क बुझेर दर्ता गरिएकालाई प्रक्रिया पूरा गराई सबैलाई पार्टी प्रणालीअनुरुप सदस्यता दिन पार्टीका सबै निकायमा तुरुन्त पठाउन माग गरेको छ ।

समायोजन टुङ्गिएका कतिपय जिल्लामा समेत क्रियाशील सदस्यता नपठाउने पक्षपातपूर्ण काम बन्द गर्न आग्रह गर्दै नेता पौडेलले विधानबमोजिम अन्य राजनीतिक दल परित्याग गरी काँग्रेसमा प्रवेश गरेका विभिन्न तहका व्यक्तिका सम्बन्धमा हचुवाका भरमा सदस्यता वितरण गर्ने विवरण पेश गरिएको आरोप लगाए। साथै उनले पार्टीमा दशकौँदेखि रगत–पसिना भिजाएका साथीलाई वडा, क्षेत्र र जिल्लामै बहिस्कृत गराउने वा उनीहरूको मनोबल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुदैन भने ।

राष्ट्रिय पहिचान बोकेका सीमित व्यक्तिका लागिबाहेक क्रियाशील सदस्यता वितरण पार्टी विधानले तोकेको वडाबाटै हुनुपर्ने सो समूहको माग छ । जिल्लामा पठाइएका क्रियाशील सदस्यताका फाराम केन्द्रीय परिपत्रअनुसार जिल्ला पार्टी सभापतिले लगेर क्षेत्रीय सभापतिलाई र तलका निकाय प्रमुखलाई दिनुपर्ने व्यवस्था भए पनि कतिपय जिल्लामा विधानविपरीत मनपरी गर्न खोजेको नेता पौडेल समूहको आरोप छ ।

स्थानीय तहको समायोजन केन्द्रले तयार पारेको सर्वसम्मत निर्देशिकाबमोजिम १३औँ महाधिवेशनको वरिष्ठताक्रमअनुसार शुरू नगरी कतिपय जिल्लामा आफू अनुकूल गर्न खोज्ने जिल्ला नेतृत्व र दबाब एवं प्रभावलाई वास्ता नगरी निर्वाचन समितिले निर्देशिकाका आधारमा लगातार काम गरेको भए धेरै समयअघि नै समायोजन पूरा भइसक्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नेता पौडेलले लोकतान्त्रिक पार्टीका भ्रातृ र शुभेच्छुक संस्था विधानविपरीत हचुवा पाराले चल्न नहुने भन्दै तिनका आवधिक निर्वाचन र नीतिनियम स्पष्टसँग कार्यान्वयन हुनुपर्ने बताए । पार्टी नेतृत्वकै आडमा कैयौँ भ्रातृ संस्थाविना अधिवेशन निष्क्रिय बसेकाले तिनको अधिवेशन यथाशीघ्र गराइसक्नुपर्ने, विधानबमोजिम भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थाको अधिवेशनबाट निर्वाचित भई आउने केन्द्रीय महाधिवेशन प्रतिनिधि मात्र केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने वैधानिक व्यवस्था भएकाले सोहीबमोजिम मात्र प्रतिनिधित्व गराउन मिल्ने स्पष्ट गरिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

विदेशस्थित जनसम्पर्क समितिको स्थिति पनि भद्रगोल हुँदै गएको र कतै एकले अर्कोलाई निष्कासन गर्ने, केन्द्रको आड देखाएर थिचोमिचो गर्न खोज्ने, अनुशासनको डण्डा देखाएर दबाउन खोज्ने जस्ता प्रवृत्ति तत्काल बन्द गर्न र सबै जनसम्पर्क समितिको विधिसम्मत अधिवेशन गराएर मात्र महाधिवेशनमा प्रतिनिधित्व गराउनुपर्ने नेता पौडेल समूहको माग छ ।

पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, डा.शेखर कोइराला, नविन्द्रराज जोशी, रामकृष्ण यादव, डा.चन्द्र भण्डारी, गुरुराज घिमिरे, जीवन परियार, किरण यादव र सरिता प्रसाईलगायत थिए ।

प्रतिक्रिया दिनुहोस