लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्चको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लकडाउन अवधिको घरभाडा नउठाउन सर्वोच्चको आदेश


१५ श्रावण २०७७, बिहिबार


High Court_Sarbocha adalat

काठमाडौं । लकडाउन अवधिको घरभाडा तत्कालका लागि नउठाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

बिहीवार अदालतले कोरोना महामारीका कारण सरकारले लगाएको लकडाउन अवधिको घरभाडा तत्काल नउठाउन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीशद्वय तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासले ‘नाई संघ’का गजेन्द्र ठाकुरले दायर गरेको रिटमा बिहीबार अन्तरिम आदेश जारी गरेको हो ।

ठाकुरले असार २१ गते लकडाउनको अवधिको भाडा नउठाउन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय , ७ प्रदेशकै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

सर्वोच्चले घर भाडा तिर्न नसक्ने वर्गका मानिस, दैनिक श्रम गरिरहेका व्यक्तिहरुको बारेमा सरकारसँग लिखित जवाफ माग गर्दै त्यस्तो आदेश जारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस