कार्यालयमा भिडभाड कम गर्न काठमाडौं जिल्ला प्रशासनको नयाँ नियम जारी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

कार्यालयमा भिडभाड कम गर्न काठमाडौं जिल्ला प्रशासनको नयाँ नियम जारी


१५ श्रावण २०७७, बिहिबार


काठमाडौं । कोरोना भाइरस जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ।

सामाजिक दूरी कायम गर्न भन्दै कार्यालयले साउन १८ गतेदेखि लागू हुने गरी नयाँ नियम ल्याएको हो।

जसअनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन्। नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्नेछ।

त्यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्।

बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन्। शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्।

शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ। तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन पनि कार्यालयले आग्रह गरेको छ।

यस्तो छ नयाँ नियम

Tags :
प्रतिक्रिया दिनुहोस