‘सुन’को पोका फ्याँकेको स्कोर्पियो नख्खिपोटमा भेटियो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘सुन’को पोका फ्याँकेको स्कोर्पियो नख्खिपोटमा भेटियो


प्रशासन संवाददाता

१५ श्रावण २०७७, बिहिबार


काठमाडौं । केही दिनअघि काठमाडौँको कमलपोखरीमा गाडीबाटै सुन फ्याँकेर भागेको स्कोर्पियो ललितपुरको नख्खीपोटमा भेटिएको छ।

काठमाडौँ प्रहरी परिसरको टोलीले बिहीबार उक्त बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी भेटेको हो। उक्त स्कोर्पियोबाट १५ केजी पहेँलो धातु र २ वटा पेस्तोल फ्याँकेपछि प्रहरीले पिछा गरे पनि भेला पार्न सकेको थिएन। पछि परीक्षणका क्रममा उक्त पहेँलो धातुमध्ये साढे चौध केजी चाँदी भएको पत्ता लागेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस