दुई जनाको शव फेला « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दुई जनाको शव फेला


१५ श्रावण २०७७, बिहिबार


लहान । सिरहा नगरपालिका–१० पदमपुरमा आज बिहान एक जनाको शव फेला परेको छ ।

पदमपुरबाट नरैया जाने सडक खण्डको कल्भर्टमा स्थानीयवासी ५१ वर्षीय झगरु मुखियाको शव फेला परेको हो । कल्भर्टमुनि स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

तम्घास– गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलमा एक शव फेला परेको छ । स्थानीयवासी ३२ वर्षीय लक्ष्मण घर्तीको शव आज बिहान ८ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

साउन ८ गतेदेखि परिवारबाट सम्पर्कविहीन घर्ती धुर्कोटकोट नजिकै मृतावस्थामा भेटिएका हुन् । घटनाको कारण अझै खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस