संसद् सचिवालयमा दिउँसो युट्युब र फेसबुक नचल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसद् सचिवालयमा दिउँसो युट्युब र फेसबुक नचल्ने


१५ श्रावण २०७७, बिहिबार


काठमाडौँ । संघीय संसद् सचिवालयमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ ।

खासगरी युट्युब र फेसबुक प्रयोगकर्ता बढी हुँदा अन्य काम गर्न इन्टरनेटको गति सुस्त भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको सचिवालयको भनाई छ ।

संसद् सचिवालयको सर्भरमा दैनिक ५०० को हाराहारीमा प्रयोगकर्ता रहने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस