भारतमा कोरोना भाइरस संङ्क्रमितको संख्या १५ लाख नाघ्यो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतमा कोरोना भाइरस संङ्क्रमितको संख्या १५ लाख नाघ्यो


१४ श्रावण २०७७, बुधबार


नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख नाघेको छ ।

गत २४ घण्टामा भारतका ४८ हजार ५१३ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ ।

सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमित मध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् । रासस/सिन्हवा

Tags :
प्रतिक्रिया दिनुहोस