कांग्रेस केन्द्रीय कार्यालयमा पौडेल समूहको भेला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कांग्रेस केन्द्रीय कार्यालयमा पौडेल समूहको भेला


प्रशासन संवाददाता

१४ श्रावण २०७७, बुधबार


काठमाडौं । पार्टीभित्रका पछिल्ला गतिविधि, विभाग गठन, पार्टीमा भएका अन्य दलका नेता कार्यकर्ताको समायोजन लगायतका विषयमा छलफल गर्न कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।

महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि नयाँ विभाग गठन गरिएको तथा पार्टीमा नयाँ प्रवेश गरेकालाई दिइएको पदबारे छलफल नगरिएको लगाएका विषयमा यो समूह असन्तुष्ट छ ।

बैठकमा बरिष्ठ नेता पौडेलका साथै महामन्त्री सशांक कोइराला तथा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, किरण यादव, सरिता प्रसाई, चन्द्र भण्डारी लगायत छन् । नेता प्रकाशमान सिंह भने अर्को कार्यक्रममा व्यस्त रहेको सूचना दिएर अनुपस्थित छन् ।

बैठकले विभाग गठन, समायोजन र कृयाशिल सदस्यता वितरणबारे सभापति देउवालाई पठाउने लिखित पत्र तयार गर्ने बैठकमा सहभागि एक नेताले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस