२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा पहिरोले घर पुरिँदा दुईको मृत्यु

अ+ अ-

दार्चुला । दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ । आज घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रादेवी जोशीको मृत्यु भएको हो । छोरा २१ वर्षीय सुनिल जोशी भने भागेर बाँच्न सफल भएका छन् ।

दार्चुला–तिङ्कर सडक भत्किएपछि घरमाथि पहिरो गएको थियो । सडकभन्दामुनि घर भएका जोशीको घर पूरै पहिरोले ढाकेको छ । दुवैको शवलाई घरभित्रबाट झण्डै १२ घण्टा पछि निकालिएको वडा नम्बर ३ का वडाध्यक्ष लालबहादुर बमले बताए। पहिरोले पूरै घर पुरिएका कारण दुवैको शवलाई बाहिर निकाल्न समय लागेको उनले बताए ।

जिल्लामा सोमबारदेखि निरन्तर वर्षा भएपछि पहिरो खसेको थियो । पहिरोले घर पुरिएको खबर आएलगत्तै प्रहरी चौकी ब्रह्मदेव र जिल्लाबाट प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

पहिराले पुरिएर जोशीकै घरमा रहेको एक भैँसी र चार वटा बाख्रा पुरिएका छन् । पहिरो पन्छ्याउन स्थानीयले सक्रिय सहयोग गरेका थिए । जिल्लामा असार १५ यता बाढी र पहिरोमा परी नौ जनाले ज्यान गुमाएका छन् । जसमा दुहुँ गाउँपालिकामा दुई जना, मालिकार्जुन गाउँपालिकामा दुई जना र नौगाड गाउँपालिकामा ५ जनाले बाढी र पहिरोमा परेर ज्यान गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस