कांग्रेस नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेस नेता पौडेल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता


प्रशासन संवाददाता

१३ श्रावण २०७७, मंगलबार


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उनीहरुबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६३औँं वर्ष गाँठको अवसरमा भेट भएको नेता पौडेलको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा उनीहरुबीच बिपी कोइराला र माओत्से तुङ्का पालादेखिको कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीको बीचको सम्बन्ध तथा चीन सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलता र नेपाललाई कोभिड–१९ नियन्त्रणका लागि सहयोग गर्ने बारेमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस