आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक स्थगित


१३ श्रावण २०७७, मंगलबार


काठमाडौं । आज ११ बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ । शीर्ष नेताहरुबीच सहमति हुन नसकेपछि बैठक अनिश्चिकालका लागि स्थगित भएको हो ।

अध्यक्षद्वयबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस