नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा


१३ श्रावण २०७७, मंगलबार


काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआईजीद्वय निरज शाही र प्रद्युम्न कार्कीलाई एआईजीमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त रहेका एआईजी पदमा डीआईजीद्वय शाही र कार्कीलाई बढुवा गरेको हो ।

गृहमन्त्रालयको बढुवा समितिको असार ३१ गते बसेको बैठकले उनीहरुलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।

गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बसेको वैठकले शाहीलाई एक नम्बरमा र कार्कीलाई दुई नम्बरमा बढुवा सिफारीस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस