२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी सञ्चालन गर्न कार्यदलको आग्रह

अ+ अ-

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र मजदुर सङ्गठन सम्मिलित कार्यदलले स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी साधन सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।

कार्यदलले आज संयुक्त विज्ञप्ति जारी गरी जिल्ला–जिल्लामा सवारी साधन सञ्चालन गर्दा एक जिल्लाबाट अर्को जिल्लामा जाने यात्रुले धेरै दुःख भोग्नुपरेको भन्दै स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी साधन सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको हो । ‘एक जिल्लाबाट अर्को जिल्लामा जाँदा झिटिगुन्टा, बालबच्चा बोकेर घामपानी नभनी हिँडिरहेका छन्, वृद्धवृद्धा र बालबच्चाको अवस्था पीडादायी हुँदै गएको छ, यसरी हिँड्दा कोरोनाको सङ्क्रमण दरसमेत बढ्न जाने देखिन्छ, त्यसैले स्वास्थ्य सुरक्षा अपनाएर सार्वजनिक यातायात निर्वाध ढङ्गले चल्न दिन आग्रह गर्दछौँ’, कार्यदलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कार्यदलले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लामो, मध्यम, छोटो र स्थानीय रुटमा सार्वजनिक सवारी साधन सञ्चालन गर्ने वैधानिक प्रावधान भएकाले सोही बमोजिम लामो दूरीमा सार्वजनिक सवारी साधन सञ्चालनको वातावरण मिलाउनुपर्ने बताएको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले निजी सवारी साधनले चर्को भाडा लिएर यात्रु ओसारेको भन्दै भाडाका सार्वजनिक सवारी साधन स्वास्थ्य सुरक्षा अपनाएर सञ्चालन गर्न दिन आग्रह गरे ।

कोभिड–१९ को सङ्क्रमणका कारण बन्द भएको यातायात सहज रुपमा सञ्चालनका लागि सरकारसँग आवश्यक छलफल गरी समस्यालाई समाधान गर्नका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य र तीनवटै मजदुर सङ्गठनका अध्यक्षसमेत रहेको कार्यदल गठन गरेको थियो । रासस