काठमाडौं। स्याङ्जामा जिल्ला प्रमुखसहित १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा १८ जना प्रहरीलाई कोरोना संक्रमण भएपछि प्रहरी कार्यालय सील गरिएको छ ।
साथै कास्कीमा २ र लमजुङमा २ जना कोरोना संक्रमित थपिएका छन् । आज मात्रै गण्डकी प्रदेशमा २२ जना कोरोना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३९९ पुगेको छ ।सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ ।







