कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४८ पुग्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४८ पुग्यो


१२ श्रावण २०७७, सोमबार


काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७ सय ५२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १३ हजार ७ सय ५४ जना निको भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस