६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जमिन भासिएसँगै ३३ घर जोखिममा

अ+ अ-

पाल्पा । तिनाउ गाउँपालिका-३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ । पहिरोको कारण दुई घर विस्थापित भइसकेका छन् ।

सिद्धार्थ राजमार्गको माथिल्लो भागमा पहिरो र जमिन भासिएपछि यस क्षेत्रका स्थानीयबासिन्दा रातभर सुत्न नपाएको गुनासो गरेका छन् । कतिबेला पहिरो आएर बगाउने हो भन्ने डरले राति निद्रा नै नलाग्ने स्थानीयवासी चमेली थापाले बताइन्। पहिरोले सडक बगाएको छ । तीन चार ठाउँका सडक बगाएर मानिस पैदल हिँड्ने बाटोसमेत छैन ।

स्थानीयवासी मानबहादुर गाहाले घर भासिएको क्षेत्रभन्दा तल्लो भागमा अधिकांश स्थानमा जमिन भासिएको र पहिरो गएकाले आफूहरु जोखिममा रहेको बताए। चुनढुङ्गा खानीसम्म पहुँचमार्ग निर्माण मापदण्डविपरित निर्माण गरिएकोले पहिरोको जोखिममा रहेको हो । क्षमताभन्दा बढी चुनढ्ङ्गा ढुवानी र सडक निर्माण गरी जथाभावी माटो फालिएकाले जमिन भासिएको स्थानीयवासीको गुनासो छ ।

स्थानीयवासी कृष्ण पाण्डेयले सडक विस्तार गर्ने क्रममा पहिरोग्रस्त क्षेत्रबाट सडक विस्तार गरिएकोले पहिरोको जोखिम बढेको बताए । उनले गत वर्ष पनि पहिरो गएको र अहिले ठूलो समस्या हुने बताए । सडकको पहिरो सिस्ने खोलामा खसे सिद्धार्थ राजमार्ग, पुल र त्यस क्षेत्रमा ठूलो असर हुने पाण्डेयले बताए ।

वडाध्यक्ष प्रेम पाण्डेका अनुसार सडक दुई तर्फबाट जमिन भासिएपछि जोखिम बढेको छ । जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षितरूपमा व्यवस्थापन गर्ने काम भइरहेको वडाध्यक्ष पाण्डेयले बताए । जोखिम क्षेत्रको प्रदेशसभा सदस्य वसन्त घर्ती, गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठसहितले अवलोकन गरेका थिए ।

पहिरो ५० मिटर भन्दा बढी खसेको छ । माथिल्लो भागको सडक पहिरोले तल्लो भागको सडकसमेत बगाएको छ । पहिरोका कारण स्थानीयवासीले घाँसपातका लागि जङ्गल निस्कन समस्या हुँदै आएको गुनासो गर्दै आएका छन् । पाल्पाका अधिकांश स्थानमा पहिरोका कारण ग्रामीण क्षेत्रमा यातायातका साधन सञ्चालन हुन नसक्दा स्थानीयवासी पैदल हिँडन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस