सरिता गिरीको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरिता गिरीको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


११ श्रावण २०७७, आइतबार


काठमाडौं । सर्वोच्च अदालतले सरिता गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

तत्कालीन समाजवादी पार्टीले गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशित गरपछि नेतृ गिरीले आफूलाई पार्टीले अवैधानिक रुपमा सांसद पदबाट आएको भन्दै अदालतमा रिट दायर गरेकी थिइन् ।

उनको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

संविधान संशोधन प्रस्तावको पक्षमा आफ्नो पार्टी समाजवादी पार्टीले मतदान गर्न दिएको ह्विप उल्लंघन गरेको भन्दै गिरीलाई पार्टीले साधारण सदस्य नरहनेगरी कारबाही गरेको थियो । पार्टी सदस्य नरहेपछि उनी सांसदबाट पदमुक्त भएकी थिइन् । पार्टीले आफूलाई गरेको कारबाही विरुद्ध गिरी सर्वोच्च गएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस