थप १ सय ३० जनामा कोरोना पुष्टि, ७५ जना डिस्चार्ज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

थप १ सय ३० जनामा कोरोना पुष्टि, ७५ जना डिस्चार्ज


११ श्रावण २०७७, आइतबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या १८ हजार ६ सय १३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएको बताए। यससँगै हालसम्म १३ हजार १ सय २८ जना कोरोना संक्रमित डिस्चार्ज भएको भएका छन्।

हालसम्म देशभर १७ हजार ९ सय ३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै हालसम्म देशभर ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस