प्रदेश १ प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश १ प्रहरी कार्यालयका थप १९ जनामा कोरोना संक्रमण


११ श्रावण २०७७, आइतबार


काठमाडौं । १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत थप १९ जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विराटनगर र धरानमा गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृतका बडीगार्डसहित १९ जनालाई कोरोना पुष्टि भएको हो ।

गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत पाँच प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो । त्यसक्रममा २० जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्याल्य सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको छ । यद्यपी प्रदेश प्रहरी कार्यालयका एसपी दीपक पोखरेलले केहीमा संक्रमण देखिएपनि संख्या खुलाएनन् ।

हालसम्म ९५ जना प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो समय संक्रमित प्रहरीको दर बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस