२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न ऊर्जामन्त्रीसँग माग

अ+ अ-

काठमाडौँ । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् ।

कोभिड-१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कबवापत ठूलो रकम विद्युत् प्राधिरणलाई तिनुपर्दा व्यवसायी मारमा परेको भन्दै सो शुल्क मिनाह गर्न माग गरेका हुन् ।

विपद् समन्वय समितिका संयोजक एवं ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा ढुङ्गानाले बन्दाबन्दीका कारण ठमेलका व्यवसाय बन्द रहेको अवस्थामा विद्युत् युनिट उठेको आधारमा बन्दाबन्दी शुरु भएको मितिदेखि कम्तीमा दुई वर्षसम्म ५० प्रतिशत छुट दिन मन्त्रीसमक्ष आग्रह गरिएको जानकारी दिए ।

भेटमा ठमेल पर्यटन विकास परिषद्, ट्रेकिङ एजेन्सिज एशेसिएशन अफ नेपाल (टान) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ (एनएमए), होटल एशोसिएशन अफ नेपाल (हान), टुरिष्ट बस एशोसिएन अफ नेपाल (टिवान), नेपाल एशोसिएएन अफ रयाफ्टिङ एजेन्सिज (नारा), गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ), नेपाल कैलाश यात्रा सङ्घलगायत दुई दर्जन संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

भेटपछि ऊर्जामन्त्री पुनले बन्दाबन्दीका कारण मुलुकको हरेक क्षेत्रमा समस्यामा परेको भन्दै उक्त समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताए। उनले पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा फर्काउनका लागि सरकारले गर्नुपर्ने कुनै कसरत बाँकी नराख्ने उल्लेख गरे।

मन्त्री पुनले पर्यटन क्षेत्रलाई विद्युत् क्षेत्रमा दिने सहुलियतका बारेमा आफूले सम्बन्धित निकायसँग छलफल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस