खै यो जिन्दगी ! « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

खै यो जिन्दगी !


१० श्रावण २०७७, शनिबार


सरकारकै नाममा बन्दकी भएछु क्यारे
बजार नजाँची बेचिन गएछु क्यारे।

देश र जनताको निम्ति काम गर्छु भनी
बिनासित्ती कसम खाएछु क्यारे।

प्रवेश मात्र भए पुग्छ जस्तो लाग्थ्यो
वास्तविकता के हो थाहा पाएछु क्यारे।

जिन्दगीलाई छुट्टै रङ्गिन बनाउने नाउँमा
थुप्रै रङ्गहरू सँगै मिसाएछु क्यारे।

पार गर्नुछ यहाँ थुप्रै माइलका दुरीहरू
थाके भनी छिट्टै यात्रा बिसाएछु क्यारे।

बारीको ढिकमा रुँदै नबसे आमा
जित्नेछु एक दिन अवश्य आमा

तिम्रो आँखामा बगेको आँसु पुछ्न
सपना साँची सहर पसे आमा

चढ्नेछु हेर सफलताको उचाइ
चिप्लिएर भुईँमा नखसे आमा

पर्ख केही दिन धैर्य राख त्यो मन
खोल्नेछु सबै रहस्य आमा

प्राण बाजी राखेरै भएनी
लड्छु भनी कम्मर कसे आमा।

प्रतिक्रिया दिनुहोस