व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखी


९ श्रावण २०७७, शुक्रबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले यसअघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ ।

व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने बताएको छ ।

सरकारले भदौ १ देखि लामो दूरीको यातायातसमेत सञ्चालन गर्ने निर्णय गरेकाले परीक्षा सञ्चालन गर्न लागिएको सहायक डीन प्रा.डा. ध्रुवकुमार गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस