स्विस दूतावासद्वारा सरकारलाई ४० हजार पीसीआर किट सहयोग « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

स्विस दूतावासद्वारा सरकारलाई ४० हजार पीसीआर किट सहयोग


९ श्रावण २०७७, शुक्रबार


काठमाडौं । नेपालस्थित स्विस दूतावासले सरकारलाई ४० हजार पीसीआर किट र २ वटा रियल टाइम पीसीआर मेसिन हस्तान्तरण गरेको छ । नेपालका लागि स्विजरल्यान्डकी राजदूत एलिजाबेथ भो क्यापलरले शुक्रबार उक्त सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन् ।

नेपालस्थित स्विस दूतावासका अनुसार स्वीस सरकार विकास सहयोग (एसडीसी) मार्फत स्विस सरकारले नेपाललाई ५ करोड ४ लाख २२ हजार ३०१ रुपैयाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।

कोभिड १९ को राहत र पुनर्स्थापनाको लागि एसडीसीले विराटनगरको कोशी कोभिड अस्पतालमा वाटर ट्रिटमेन्ट सिस्टम स्थापना गरेका छ । त्यस्तै उदयपुरको आइसोलेसन निर्माणको अनुमानित ३ करोड २० लाख रुपैयाँको करिब आधा १ करोड ५० लाख पनि सहयोग गरेको स्विस दूतावासले जनाएको छ ।

‘पहिलो लटको ४० हजार मध्येको पीसीआर टेस्ट किट्सले नेपाललाई देशमा अहिले बढिरहेको पीसीआर टेस्टिङको मागलाई पूरा गर्ने दिशामा सहयोग गर्नेछ’ नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले भनेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस